लकडाउनमा अनलाइन कक्षा

लकडाउनमा अनलाइन कक्षा

2023-06-23

 

काठमाडौं । कोभिड १९ को कारणले सारा विश्व आक्रान्त छ । नेपाल पनि अहिले लकडाउनमा छ । 

लकडाउनका कारण विगत तीन सातादेखि ठप्प रहेको पढाइ पुनः सञ्चालनका लागि पद्मकन्या बहुमुखी क्याम्पसले अनलाइन कक्षा सञ्चालनमा ल्याएको छ । चैत ३० त्रिभुवन विश्वविद्यालयका प्रा.डा. शिवलाल भुसाललाई अनलाइन कक्षामा आमन्त्रण गरी क्याम्पस प्रमुख प्रा. धनप्रसाद पण्डितले कक्षा सञ्चालन गरेका हुन् । 

अनलाइन कक्षाका लागि एकैपटक १५० विद्यार्थीलाई विभिन्न श्रव्य–दृश्य सामग्री, ह्वाइट बोर्ड, पावर पोइन्ट, सर्वेक्षण सुविधा प्रदान गर्न सकिने ठमेल आई.टी. सोलुसन्स प्रालिका कार्यकारी निर्देशक एवं क्याम्पसका आईटी विभागका आंशिक प्राध्यापक जयराम गौतमले प्रस्ट पारे ।

विद्यार्थीहरूको पढाइ सहज बनाउन ठमेल आई.टीसँगको सहकार्यमा अनलाइन कक्षा सञ्चालन सफ्टवेर निर्माण गरी यो प्रक्रिया सुरु गरिएको क्याम्पस प्रमुख पण्डितले बताए । 

अनलाइन कक्षामा स्नातक तहका मानविकीअन्तर्गत कम्प्युटर एप्लिकेसन (बीसीए), क्याम्पसको स्वायत्त कार्यक्रम लोकसेवा तथा प्रशासन (बीपीएसजी), स्नातक तहको बौद्ध अध्ययन विषय तथा नेपालीको स्नातकोत्तरका विषयमा पढाइ भइरहेको छ । 

 

श्रोत: https://baahrakhari.com/news-details/254407/2020-04-15


Files

S.N Name Type Download
1 lockdown jpg